२०८३ असार ३ गते , बुधबार

हल्दीबारी गाउँपालिकाको खबरदारीपछि जलथल खानेपानीले गर्‍यो सम्झौता

sajilo news
झापा
२०८१ असार १० गते , सोमबार
हल्दीबारी गाउँपालिकाको खबरदारीपछि जलथल खानेपानीले गर्‍यो सम्झौता

झापा हल्दीबारी गाउँपालिकाको निरन्तरको ताकेतापछि जलथल खानेपानीले अन्तरगत गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश निःशुल्क १० हजार लिटर खानेपानीमा सम्झौता गरेको छ।

हल्दीबारी गाउँपालिकाले आ.व.२०८०/८१ को नीति तथा कार्यक्रम र गाउँ सभा हल्दीबारीका तिन वटै जलथल, गोलधाप र हल्दीबारी खानेपानीका सम्पूर्ण उपभोक्ताहरूलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने निर्णय गरेको थियो भने उक्त कार्यक्रमलाई गोलधाप र हल्दीबारीले सुरुवातबाटै कार्यान्वयन गरेका थिए भने जलथल खानेपानीले राजनीतिक प्रतिसोधको कारण निर्णय कार्यान्वयन नगरी जनतालाई द्विविधामा राख्दै आएको थियो।

गाउँपालिकाले पटक पटक पत्राचार र निरन्तर खबरदारी गरेपछि असार ९ गते खानेपानीका अध्यक्षले गाउँपालिका पुगेर सम्झौता गरेका हुन्। गाउँपालिकाले निःशुल्क खानेपानी जनमैत्री एवंम लोकप्रिय लोकप्रिय कार्यक्रम रहेको छ। राप्रपाको बहुमत रहेको पालिकामा प्राविधिकधार बाली विज्ञानसहित कक्षा १२ सम्म निःशुल्क शिक्षा, निःशुल्क खानेपानी, विपन्न नागरिकहरूलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रमहरू रहेका छन् ।

यस्तै पालिका हाताभित्रै स्वास्थ्य बिमा सेवा लागु हुने २४ सै घण्टा सेवा उपलब्ध भएको आधारभूत अस्पताल पनि सञ्चालनमा रहेको छ।

सम्बन्धित समाचार