२०८१ श्रावण २ गते , बुधबार

करण परियारले जिते नेपाल आइडलको विजेता

sajilo news
झापा
२०८१ असार ९ गते , आईतबार
करण परियारले जिते नेपाल आइडलको विजेता

नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन–५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।
ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए । फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

सम्बन्धित समाचार