२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा विश्वेश्वरप्रसाद प्रतिष्ठानमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८१ असार ९ गते , आईतबार
भद्रपुरमा विश्वेश्वरप्रसाद प्रतिष्ठानमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न

भद्रपुर । भद्रपुरमा विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानको आयोजनामा बृहत् साहित्यिक, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासँग लामो समय साथमा रहेका लेखक, विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा दिएको योगदान र नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा विज्ञ सर्जक समालोचकहरूसँग सामूहिक छलफल गरिएको थियो ।

छलफलमा नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षकमा प्रा. कविराज न्यौपाने, प्राज्ञ सभा सदस्य मुनाराज सेर्मा र लेखक लेखनाथ भट्टराईले विचार मन्थन गरेर धारणा राखेका थिए भने सहजीकरण लेखक समालोचक विवश पोखरेलले गरेका थिए ।

यस्तै नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा प्रा.डा. गङ्गाप्रसाद अधिकारी, लेखक डा. रत्नमणि नेपाल र साहित्यकार पुण्यप्रसाद खरेलले तथ्यपरक धारणा राखेको कार्यक्रमको सहजीकरण सर्जक लीला अनमोलले गरेकी थिइन् ।
गायक अर्जुन खरेल तथा गायिका अनिता पौडेलले गीत सङ्गीत प्रस्तुत गरेका थिए भने कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका १२ जना कवि कवयत्रीले आफ्ना कविता वाचन गरेर सुनाएका थिए । केही बालबालिकाले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार