२०८३ बैशाख २४ गते , विहीबार
जुत्ताभित्र लुकाएर ब्राउन सुगर ल्याउने सुनुवार पक्राउ
लागू औषध ब्राउन सुगरसहित झापा दमकका २७ वर्षीय बिर्जेश सुनुवार पक्राउ परेका छन् । हिजो साँझ ५ः१५ बजेको समयमा मेचीनगर नगरपालिका- ६ काँकडभिट्टास्थित पुरानो मेची पुलमा भाडाको सिटी सफारीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक-४ बस्ने सुनुवारलाई लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर शरीर तलासी लिएको थियो । त्यस क्रममा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लुकाएर राखेको २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।