२०८३ असार ३ गते , बुधबार

भद्रपुरबाट धुलाबारी जाँदै गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

sajilo news
झापा
२०८१ असार ८ गते , शनिबार
भद्रपुरबाट धुलाबारी जाँदै गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

झापाको मेचीनगरमा मोटरसाइकलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । 

मेचीनगर नगरपालिका वडा नम्बर–१५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान अन्दाजी ३ः३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकलमा तीन जना सवार रहेका थिए । दुर्घटनामा परी मेचीनगर नगरपालिका–१० निवासी अन्दाजी २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै मेचीनगर–१० निवासी अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँका अन्दाजी २१ वर्षीय विवेक दनुवार गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार