२०८३ असार ३ गते , बुधबार

मोटरसाइलकल दुर्घटनामा घाइते वडा अध्यक्षको उपचारको क्रममा मृत्यु

sajilo news
झापा
२०८१ असार ७ गते , शुक्रबार
मोटरसाइलकल दुर्घटनामा घाइते वडा अध्यक्षको उपचारको क्रममा मृत्यु

दुर्घटनामा परी घाइते भएका उदयपुरको वेलका नगरपालिका–९ का वडाध्यक्ष ४४ वर्षीय पदम खड्काको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौँको नर्भिक अस्पतालमा वडाध्यक्ष खड्काको उपचारको क्रममा बिहीबार राति ११ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि जेठ ३१ गते हेलिकप्टरमा नर्भिक अस्पताल ल्याइएको थियो। अहिले खड्काको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ ।

सम्बन्धित समाचार