२०८१ माघ २५ गते , शुक्रबार

दमकस्थित रतुवा खोलामा एक पुरुषको शव फेला

sajilo news
झापा
२०८१ असार ६ गते , विहीबार
दमकस्थित रतुवा खोलामा एक पुरुषको शव फेला

झापा  । झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ ।  वर्ण गोरो, उचाइ अन्दाजी ५ फिट ६ इन्च, दाह्री कपाल फुलेको, कालो जिन्स कम्ब्याट र भेष्ट लगाएको, अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका-७ स्थित रतुवा पुल छेउमा शवमा फेला परेको थियो । खोलाले बगाएर ल्याएको शव फेला परेपछि इलाका प्रहरी कार्यालय दमकको टोली तत्काल घटनास्थल पुगेका थिए ।

सम्बन्धित समाचार