२०८१ माघ २५ गते , शुक्रबार

झापाको मेचीनगरमा किशोरीलाई बलात्कार गर्ने किशोर पक्राउ

sajilo news
झापा
२०८१ असार ६ गते , विहीबार
झापाको मेचीनगरमा किशोरीलाई बलात्कार गर्ने किशोर पक्राउ

झापाको मेचीनगरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार