२०८३ बैशाख २४ गते , विहीबार

इलाममा कुकुरलाई क्रूरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ

sajilo news
इलाम
२०८१ असार ३ गते , सोमबार
इलाममा कुकुरलाई क्रूरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ

इलाममा कुकुरलाई क्रूरतापूर्वक हत्या गर्ने तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम देउमाई नगरपालिका ९ जितपुर बस्ने २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, सोही स्थान बस्ने १७ वर्षीय संगम लिम्बू र १७ वर्षकै अशोक लिम्बू रहेका छन् । उनीहरूलाई आज पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ । गत जेठ ३२ गते सामाजिक सञ्जाल “भूत प्रेत” नामक पेजमा एउटा कुकुरलाई लाठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनी पुरेको भिडियो अपलोड गरेर भाइरल बनाइएको थियो ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान तथा खोजी कार्य गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । यसरी कुकुरलाई हत्या गर्नेबिरुद्ध पशु कल्याण संघ नेपालले “पशुपन्छी सम्बन्धी कसुर” अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्तसमेत दिएको छ ।

सम्बन्धित समाचार