२०८३ असार ३ गते , बुधबार

मेचीनगरमा चट्याङ लागेर दुईवटा राँगा मरे

sajilo news
झापा
२०८१ असार ३ गते , सोमबार
मेचीनगरमा चट्याङ लागेर दुईवटा राँगा मरे

झापामा मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेका छन् । आज बिहान ४ बजेतिर अविरल वर्षासँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका ३ स्थित भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको दुई वटा राँगा मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चट्याङले एउटा भैँसीलाई समेत सामान्य चोट पुर्‍याएको छ भने एक लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार