२०८३ असार ३ गते , बुधबार
कनकाईका वडा अध्यक्ष थापाको निधन
कनकाई । झापा कनकाई नगरपालिका ६ नम्बरका वडा अध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १:५० बजे निधन भएको छ ।थापा लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित थिए ।
थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । थापाको पार्थिव शरीरलाई आइतबार बिहान १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताए ।