२०८३ असार ३ गते , बुधबार

झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने, २ करोड बजेट विनियोजन

sajilo news
पार्थ मण्डल
२०८१ असार २ गते , आईतबार
झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने, २ करोड बजेट विनियोजन

झापा ।  झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् । कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थायी स्तरबाट माग उठ्दै आएको थियो । । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ । 

सम्बन्धित समाचार