२०८३ असार ३ गते , बुधबार

भद्रपुरको पृथ्वीनगरमा तीन दिने मुडा बनाउने तालिम सम्पन्न

sajilo news
झापा
२०८१ असार १ गते , शनिबार
भद्रपुरको पृथ्वीनगरमा तीन दिने मुडा बनाउने तालिम सम्पन्न

भद्रपुर । भद्रपुरको पृथ्वीनगरमा तीन दिने मुडा बनाउने तालिम सम्पन्न भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय पृथ्वीनगरको आयोजनामा भएको सो तालिममा २४ जनाले सहभागिता जनाएका थिए । उद्यमशील विकासको लागि महिला सदयस्हरुलाई सिप प्रदान तथा  क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाई आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख मनिषा भण्डारीले जानकारी दिइन् ।

तालिममा बिर्तामोडकी अञ्जली जोगी र माया घिसिङले सहजिकरण गरेका थिए । संस्थाका झापा जिल्ला प्रमुख मनोजकुमार मण्डलको अध्यक्षता तथा भद्रपुर २ नम्बर वडा अध्यक्ष राम कँडेलको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै  निःशुल्क सभा हल उपलब्ध गराइदिनेलाई संस्थाले चार थान कुर्सी प्रदान गरेका थिए । टोल विकास संस्थाकी अध्यक्ष नीलिमा खनाल, थ्री जिरो क्लबकी सदस्य मन्दिरा विक लगायतको उपस्थिति रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सञ्चालन शाखा प्रमुख भण्डारीले गरेकी थिइन् ।

सम्बन्धित समाचार