२०८३ असार ३ गते , बुधबार

कचनकवलको सभा खर्च ९ लाख ६० हजार बढी, ब्याग खरिद गरेको २ लाख ६४ हजार अनियमित

sajilo news
पार्थ मण्डल
२०८१ असार १ गते , शनिबार
कचनकवलको सभा खर्च ९ लाख ६० हजार बढी, ब्याग खरिद गरेको २ लाख ६४ हजार अनियमित

कचनकवल । कचनकवल गाउँपालिकाले सभा सञ्चालन खर्चमा ९ लाख ६० हजार बढी खर्च गरेको छ । भर्खरै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा गाउँपालिकाको सभा सञ्चालनमा अत्यधिक मात्रामा विविध खर्च गरेको उल्लेख गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । कचनकवलले ०७९/८० मा  गाउँ सभा सञ्चालनमा भत्ता वितरण, खाना, खाजा, चिया, नास्ता, ब्याग खरिद लगायतको भुक्तानीमा ९ लाख ६० हजार ९६८ रुपैयाँ खर्च गरेको

छ । पालिकाले सभा सञ्चालन पूर्व र पश्चात् भनी विभिन्न शीर्षकबाट अत्यधिक मात्रामा विविध खर्च गरेकोले यस्तो खर्चमा मित्वययीता कायम गर्नु पर्ने प्रतिवेदनमा भनिएको छ । त्यस्तै सार्वजनिक प्राप्ति नियमावली, २०६४ को नियम ३ मा सार्वजनिक निकायले कुनै खरिद कारबाही तयार गर्दा खरिदको आवश्यकता पहिचान गर्नुपर्ने व्यवस्था छ। गाउँपालिकाले सभा तथा कार्यपालिका सदस्यलाई वितरण गर्न २५ वटा लेडिज ब्याग तथा ७० वटा अफिस ब्याग विनायक सप्लायर्स मार्फत २ लाख २० हजार १५२ रुपैयाँमा खरिद गरी हिउँदे सभामा वितरण गरेको थियो ।

पालिकाले पुनः १०० पिस ब्याग नब्या सप्लायर्स एन्ड ट्रेड मार्फत २ लाख ६४ हजार ९८५ मा खरिद गरी जिन्सीमा मौज्दात राखेको छ। पालिकाले वास्तविक माग तथा आवश्यकताको आधारमा सामाग्री खरिद गर्नुपर्नेमा आवश्यकता बेगर पटक पटक एउटै सामग्री खरिद गरी मौज्दात राखेको नियमसम्मत नदेखिएकोले २ लाख ६४ हजार ९८५ मा अनियमित भएको महालेखाले ठहर गरेको छ । 

सम्बन्धित समाचार