२०८३ बैशाख २४ गते , विहीबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
मोरङमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ स्थित बिराटचौकबाट उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात को ३५ प २२०२ नम्बरको चोरी पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शङ्कर दाहाल र धनपालथान गाउँपालिका१ का १९ वर्षीय अजय मण्डललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको छ ।