२०८१ असार ६ गते , विहीबार

नवजात शिशुको हत्या गर्ने आमा समातिए

sajilo news
झापा
२०८१ जेष्ठ २९ गते , मंगलबार
नवजात शिशुको हत्या गर्ने आमा समातिए

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका– २ की २१ बर्षीया कल्पना विश्वकर्मालाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत आइतबार विश्वकर्माले बच्चा जन्माएर आफ्नै घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगेर सालनालसहितको नवजात शिशु नाबालकलाई पात पतिङ्गरले छोपी हत्या गरेकी थिइन् ।

त्यस घटनाको जानकारी प्राप्त भएसँगै खटिएको प्रहरी टोलीले घटनामा संलग्न विश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार