२०८१ असार ६ गते , विहीबार

भद्रपुर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा पाण्डे

sajilo news
झापा
२०८१ जेष्ठ २९ गते , मंगलबार
भद्रपुर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा पाण्डे

भद्रपुर । झापा जिल्लाकै पहिलो बालमैत्री नगर घोषित भद्रपुरमा नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ ।  भद्रपुर नगर बाल सञ्जालको तेस्रो अधिवेशनले उत्सव पाण्डेको अध्यक्षतामा २७ सदस्यीय सञ्जाल गठन गरेको छ ।  सञ्जालको उपाध्यक्षमा निरु खनाल, सचिवमा समीर निरौला, सहसचिवमा श्रेयम अधिकारी र कोषाध्यक्षमा अर्पण मल्लिक चयन भएको नगर सामाजिक विकाश शाखाकी प्रमुख जीवनकला राउतले जानकारी दिइन् । 

नगर बाल सञ्जाल अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थिति रहेको थियो । 

सञ्जालका अध्यक्ष तिम्सिनाले आफ्नो कार्यकालमा भएको कार्य प्रगति प्रस्तुत गरेको कार्यक्रममा उत्कृष्ट वडाका रुपमा वडा नम्बर ७ लाई सम्मान गरिएको थियो । त्यस्तै, नगरका तर्फबाट निवर्तमान समितिका पदाधिकारीलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

आगामी आर्थिक वर्षमा नगरले बालबालिका पक्षमा गर्नुपर्ने कामका बारेमा विभिन्न २० वटा योजना प्रस्ताव गरिएको शाखा प्रमुख राउतले बताइन् । शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा शाखा प्रमुख राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

सम्बन्धित समाचार