२०८२ जेष्ठ ११ गते , शनिबार
सिक्कल प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

आफ्नै आमाको हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङ पक्राउ परेका छन् । आइतबार बेलुका पौने ६ बजे उनले आमा ६८ बर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । घटना भए लगतै अस्थायी प्रहरी पोस्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोलीले छोरा मिलनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।