२०८३ बैशाख २४ गते , विहीबार

वन्यजन्तुको हड्डीसहित एक नेपाली नागरिक भारतमा पक्राउ

sajilo news
पार्थ मण्डल
२०८१ बैशाख २७ गते , विहीबार
वन्यजन्तुको हड्डीसहित एक नेपाली नागरिक भारतमा पक्राउ

झापा । भारतबाट नेपाल आउँदै गरेको एक नेपाली नागरिक वन्यजन्तुको हड्डीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय डम्बर सापकोटा रहेका छन् । उनको ठेगाना खुलाइएको छैन ।

नेपाल-भारत सीमा नाका पानीटंकी हुँदै काँकडभिट्टा प्रवेश गर्न लागेको अवस्थामा उनलाई भारतीय ४१ औं बटालियन एसएसबीले पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेट डब्लुबी ७४ बिपी ९५६३ नम्बरको गाडीमा सवार उनलाई भारतीय एसएसबीले सीमा रोकेर सवारी चेकजाँच गरेका थिए । गाडीबाट एसएसबीले ५ वटा मृगको सिङ, मृगको खोपडी, हिमालयन गोरालेन लगायतको  वन्यजन्तुको हड्डी फेला पारेको थियो । एसएसबीले उनलाई आवश्यक कारबाहीका लागि टुकरियाझार वन विभागलाई बुझाइसकेको छ । 

सम्बन्धित समाचार