२०८१ चैत्र १४ गते , विहीबार

सुनको मूल्य एक लाख ३५ हजार नाघ्यो

sajilo news
पत्रपत्रिका
२०८० चैत्र २६ गते , सोमबार
सुनको मूल्य एक लाख ३५ हजार नाघ्यो

साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । 

एकै दिन तोलामा दुई हजार नौ सय रुपियाँले बढेर प्रतितोला एक लाख ३५ हजार छ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  गत बिहीबार एक लाख ३४ हजार रुपियाँ पुगेको सुनको मूल्य शुक्रबार घटेर एक लाख ३३ हजार रुपियाँमा पुगेको थियो । आइतबार आएर पुनः बढेर एक लाख ३५ हजार छ सय रुपियाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्ने गर्छ । 

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मुद्रास्फीतिका कारणले सुनको मूल्य एक्कासि बढ्न गएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ । 

सम्बन्धित समाचार