२०८३ बैशाख २४ गते , विहीबार
भद्रपुरका फरार लिम्बू सात वर्षपछि पक्राउ
झापामा सार्वजनिक अपराध मुद्दाका फरार एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । शुक्रबार बिहान ९.३५ बजे भद्रपुर- ३ भिमनगर टोल बस्ने २४ वर्षीय दिवस लिम्बूलाई वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत झापाको २०७३ जेठ ९ गतेको फैसला आदेशले ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । घरबाट पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।