२०८१ बैशाख ७ गते , शुक्रबार

स्वास्थ्य कार्यालय झापाको गाडीको ठक्करबाट भद्रपुरका एकै परिवारका तीन घाइते

sajilo news
झापा
२०८० चैत्र २१ गते , बुधबार
स्वास्थ्य कार्यालय झापाको गाडीको ठक्करबाट भद्रपुरका एकै परिवारका तीन घाइते

झापा । स्वास्थ्य कार्यालय झापाको गाडीको ठक्करबाट एकै परिवारका तीन जना घाइते भएका छन् । बुधबार अपराह्न पौने ४ बजे भद्रपुर नगरपालिका-४ स्थित मन्त्री चोक नजिकै भद्रपुरबाट बाह्रदशी गाउँपालिकातर्फ जाँदै गरेको प्र १-०१-००१ झ २३१ नम्बरको गाडीले पैदल यात्री स्थानीय अन्दाजी ३० वर्षीय सोरी मास्की, उनका छोरा १२ वर्षीय ठाकुर सोरेन र ७ वर्षका फत्ते सोरेन घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरू घरतर्फ गइरहेको अवस्थामा सोही दिशाबाट आएको गाडीले सडक किनारमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो । गाडीमा सवार भएकाले मादक पदार्थ सेवन गरेको स्थानीयको दाबी छ । 

घाइते ठाकुरको ओठमा र फत्तेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।  घाइतेको तीनै जनाको मेची प्रादेशिक अस्पताल भद्रपुर पश्चात् थप उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा पठाइएको छ । 

धनकुरा छथर जोरपाटी- ५ घर भई हाल स्वास्थ्य कार्यालयका झापामा करार सवारी चालक वर्ष ३१ वर्षीय क्षेत्र शेर्पा गाडी चलाएका थिए ।सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ । 

सम्बन्धित समाचार