२०८१ बैशाख ७ गते , शुक्रबार

अपडेट : गौरादहमा एकैरात तीनवटा सहकारीको सेफ तोडेर चोरी

sajilo news
झापा
२०८० चैत्र २१ गते , बुधबार
अपडेट : गौरादहमा एकैरात तीनवटा सहकारीको सेफ तोडेर चोरी

गौरादह गाउँपालिका- ५ मा रहेका तीन वटा सहकारी संस्थामा एकैरात चोरी भएको छ । गएराति स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको प्रहरीले जनाएको छ । स्कुलचौनको जनहित सहकारीबाट ५ लाख ७ हजार ६२० , चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८२ हजार ९१ र साना किसानबाट ५४ हजार ४१५ रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

जनहित सहकारी स्कुलचौनको मध्य बजारभित्रै पर्छ । मुख्य ढोकाको चेन गेटमा हालिएको एउटा ताला नजिकै रहेको फोहोरको डस्टविनमा भेटिएको छ भने माथिल्लो तलाको ताला पनि तोडिएको अवस्थामा भेटिएको छ । सेफ फुटाइएको भने कागजपत्रहरू यत्रतत्र छरिएको देखिन्छ । महारानीझोडाको सेवा केन्द्रमा कार्यालयभित्र सिसी क्यामेरा छ । क्यामेरालाई अर्कोपट्टि फर्काएर चोरी गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

सम्बन्धित समाचार