२०८३ बैशाख २४ गते , विहीबार

झापाका सहकारीमा रोकिएन चोरीका घटना, गौरादहमा एकै रात दुई वटामा चोरी

sajilo news
झापा
२०८० चैत्र २१ गते , बुधबार
झापाका सहकारीमा रोकिएन चोरीका घटना, गौरादहमा एकै रात दुई वटामा चोरी

झापाका सहकारी संस्थाहरूमा तोडफोड र चोरी हुने क्रममा अझै रोकिएको छैन । गएराति गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । गौरादह-५ स्कूलचौन बजारस्थित जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह-५ चप्रामारीस्थित महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसअघि गत चैत ५ गते राति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । त्यस्तै केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिबारीको मङ्गलबारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो । त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिबारी-४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएको थियो । 

सम्बन्धित समाचार