२०८१ बैशाख ७ गते , शुक्रबार

बिर्ताबजारको डिभाइडरमा ठोक्किएर अटो पल्टियो, दुई जना गम्भीर

sajilo news
झापा
२०८० चैत्र २० गते , मंगलबार
बिर्ताबजारको डिभाइडरमा ठोक्किएर अटो पल्टियो, दुई जना गम्भीर

झापाको बिर्तामोड नगरपालिका- ३ स्थित बिर्ताबजारमा अटो दुर्घटना भएको । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । मंगलबार साँझ सवा ७ बजेको समयमा महेन्द्ररत्न मावि अगाडिको सडकमा प्रदेश १ –०१–००२ह ६२१ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बिर्ताबजार प्रहरी चौकीले जनाएको छ । अटोमा चार जना सवार रहेकोमा दुईजना गम्भीर घाइते भएको र उनीहरूलाई बीएण्डसी हस्पिटल लगिएको प्रहरी चौकीका असई राजेश पौडेलले बताए । घाइतेहरूको नाम खुलेको छैन । दुर्घटनापछि अटो चालक फरार रहेका छन् ।

सम्बन्धित समाचार