२०८३ बैशाख २४ गते , विहीबार
बिर्तामोडका मगर ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड- १ का २१ वर्षीय गङ्गाप्रसाद मगर ब्राउन सुगरसहित पक्राउ परेका छन् । गएराति ८:५० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी चोकमा मगरलाई शङ्का लागेर इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।