२०८१ बैशाख ७ गते , शुक्रबार

वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

sajilo news
झापा
२०८० चैत्र १९ गते , सोमबार
वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले लेखापाल निरौलालाई सेवाग्राहीबाट १५ हजार घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार उक्त घुस रकमबारेको अनुसन्धानको सिलसिलामा निजले सेवा ग्राहीसँग घुस/रिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारको दावी छ। 

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुरमा बिगो १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन माग दाबी लिइएको जनाइएको छ। 

सम्बन्धित समाचार