२०८१ बैशाख ७ गते , शुक्रबार

मेचीनगरबाट भन्सार छलेर भित्राइएको २ लाख ७० हजारको सामान बरामद

sajilo news
झापा
२०८० चैत्र १९ गते , सोमबार
मेचीनगरबाट भन्सार छलेर भित्राइएको २ लाख ७० हजारको सामान बरामद

काँकडभिट्टा । काँकडभिट्टा प्रहरीले भारतबाट अवैध रुपमा भित्राएको २ लाख ७० हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।

आइतबार मेचीनगर नगरपालिका-६ स्थित एरिया हुदैं भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको ल्याएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।

प्रहरीले २० हजारको भाडा बर्तन, २ लाख ३५ हजार २ सय रुपैयाँको टेन्टको कपडा, झल्लर र १५ हजार बराबरको प्लास्टिकको फुल बरामद गरिएको प्रहरी प्रवक्ता महेन्द्र पराजुलीले जानकारी दिए ।

सम्बन्धित समाचार