२०८३ असार १ गते , सोमबार

चारआली जेसिजद्वारा सोसल मिडियाको उचित प्रयोग सम्बन्धि तालिम

sajilo news
झापा
२०८० चैत्र १९ गते , सोमबार
चारआली जेसिजद्वारा सोसल मिडियाको उचित प्रयोग सम्बन्धि तालिम

मेचीनगर । चारआली जेसिजको आयोजनामा एकदिने समय व्यवस्थापन र सोसल मिडियाको उचित व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिममा मुख्य प्रशिक्षक नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगेस राजवंशी रहेका थिए । उनले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई समयलाई कसरी सही व्यवस्थापन गरी सफल बन्ने भन्ने बारेमा उनले प्रशिक्षण दिएका थिए ।

साथै तालिममा उनले सहभागीहरूलाई पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको घटनाहरू बढ्दै गइरहेको अवस्थामा त्यसलाई कसरी उचित प्रयोग गर्ने भन्ने विषयमा जानकारी समेत दिएका थिए ।

चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीको अध्यक्षतामा भएको तालीममा शाखाका पदाधिकारी, सदस्यहरू साथै स्थानीय स्कुल र क्याम्पसका विद्यार्थीहरू समेत गरी करिब ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सन्देश न्यौपानेले जानकारी दिए । कार्यक्रम सञ्चालन महासचिव उत्सव भट्टराईले गरेका थिए । 

सम्बन्धित समाचार