२०८३ असार १ गते , सोमबार

भारतबाट अवैध रुपमा भित्राइएको ४५० केजी माछा बरामद

sajilo news
झापा
२०८० चैत्र १९ गते , सोमबार
भारतबाट अवैध रुपमा भित्राइएको ४५० केजी माछा बरामद

झापा । भारतबाट अवैध रुपमा भित्राइएको ४५० केजी माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १० बजेको समयमा कनकाई नगरपालिका- ८ घाघरा पुलको दक्षिण किनारबाट सो परिमाणको माछा बेवारिसे अवस्थामा बरामद गरेको थियो । बरामद गरिएको रहूँ, सिल, पमप्लेट जातका माछा प्रहरी कार्यालय झापामा स्थानीय जनप्रतिनिधि, क्वारेन्टाईनका कर्मचारीसमेतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए । 

सम्बन्धित समाचार