२०८३ असार १ गते , सोमबार
मेचीनगरको निन्दा खोलामा अवैध उत्खनन्, तीन वटा ट्याक्टर नियन्त्रणमा
मेचीनगर । मेचीनगरको निन्दा खोलाबाट नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ः३० बजेको समयमा मेचीनगर नगरपालिका-१५ स्थित निन्दा खोलाबाट मे १ त ४६१, मे १ त ४०२९ र नम्बर नखुलेको एउटा ट्याक्टरले नदीजन्य पदार्थ मिक्स गिट्टी अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । ती सवारीसाधनलाई आवश्यक कारबाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।