२०८३ असार १ गते , सोमबार

प्रजातान्त्रिक पूर्व प्रहरी परिषद्का केन्द्रीय सदस्य खड्काले दिए राजीनामा

sajilo news
झापा
२०८० चैत्र १८ गते , आईतबार
प्रजातान्त्रिक पूर्व प्रहरी परिषद्का केन्द्रीय सदस्य खड्काले दिए राजीनामा

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद्का केन्द्रीय सदस्य खड्गबहादुर खड्काले राजीनामा दिएका छन । खडकाले आइतबार विज्ञप्ति मार्फत राजीनामा दिएका हुन् । 

पूर्व प्रहरी निरीक्षक, नेपाल पूर्व प्रहरी सङ्गठन झापाका अध्यक्ष तथा विभिन्न सामाजिक संस्थामा रही सक्रिय भूमिका निर्वाह गर्दै आएका खड्काको राजीनामाले परिषद् भित्र हलचल मच्चिएको छ । 

विज्ञप्तिमा भनिएको छ, 'परिषद् भित्र पेसागत हकहित भन्दा चरम गुटबन्दी भएको र जसले परिषद्ले गलत नेतृत्वलाई प्रशय दिएको कारण पदीय जिम्मेवारीमा बसी रहनुको कुनै अर्थ नरहेको हुँदा परिषद्को केन्द्रीय सदस्यसहित साधारण सदस्यबाट राजीनामा दिएको हुँ ।' 

सम्बन्धित समाचार