२०८३ असार १ गते , सोमबार

पत्रकार निरौलालाई मातृशोक

sajilo news
झापा
२०८० चैत्र १८ गते , आईतबार
पत्रकार निरौलालाई मातृशोक

झापा । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक राम निरौलालाई मातृशोक परेको छ ।सुरुङ्गा प्रेस क्लबका अध्यक्ष समेत रहेका निरौलाकी आमा हेमकला निरौलाको शनिवार बिहान कनकाई-७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा निधन भएको हो ।

स्व. हेमकलाका पति टीकाराम निरौला, एक छोराबुहारी राम निरौला– शान्ता निरौला र सात जना छोरी रहेका छन् । छोरी ज्वाँइहरुमा इन्दु–भरत अधिकारी, गोमा–तारानिधि दवाडी, लक्ष्मी–राम कट्टेल, नर्वदा–डम्बर बराल, कल्पना–भीम भण्डारी, इन्दिरा– दुर्गा पोखरेल, गीता–दामोदर भट्टराई रहो छ । वि.सं. २०१० साल भदौ २९ गते हेमकलाको जन्म भएको थियो ।

सम्बन्धित समाचार