२०८३ असार १ गते , सोमबार

कचनकवलको बनियानी बजारमा सिसी क्यामेरा जडान

sajilo news
झापा
२०८० चैत्र १८ गते , आईतबार
कचनकवलको बनियानी बजारमा सिसी क्यामेरा जडान

झापास्थित कचनकवल गाउँपालिकाले बनियानी बजारको निगरानीका लागि सिसी टिभी क्यामेराले जडान गरेको छ । गाउँपालिकाले मुख्य बजारको सुरक्षा र प्रहरी अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले क्यामेराले जडान गरेको हो । 

चाराली केचना मुख्य सडक र बजारका मुख्य चौक आसपासका ९ स्थानमा क्यामरा जडान गरिएको गाउँपालिका सूचना शाखाका आइटी अधिकृत दीपेन्द्र गणेशले जानकारी दिए ।

उनका अनुसार ९ स्थानमा जडान भएको ३ वटा पीटीजेट र ६ वटा फिक्स क्यामेरा जडान गरिएको छ । सो क्यामेराले ८०० मिटर टाढासम्मको निगरानी गर्ने क्षमताको रहेको उनले बताए ।  कचनकवलमा पछिल्लो समय शृङ्खलाबद्ध चोरीका घटना बढेपछि गाउँपालिकाले क्यामेरा जडानमा बजेट खर्चिएको हो । 

सम्बन्धित समाचार