२०८३ असार १ गते , सोमबार

सदस्यहरुलाई सम्मान गर्दै राष्ट्रसेवक साकोसले मनायो रजत जयन्ती

sajilo news
झापा
२०८० चैत्र १८ गते , आईतबार
सदस्यहरुलाई सम्मान गर्दै राष्ट्रसेवक साकोसले मनायो रजत जयन्ती

भद्रपुर । भद्रपुरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटलेले दुई ज्येष्ठ सदस्यसहित ७ जनालाई सम्मान गरेको छ । संस्थाले आफ्नो २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा भद्रपुर १० नम्बर वडा कार्यालयमा शनिवार आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुने ज्येष्ठ सदस्यद्धय केशव लम्साल र कुसुम लामालाई सम्मान गरिएको छ । त्यस्तै सोही अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरू हरिप्रसाद अधिकारी, डोरप्रसाद दुलाल, देवीका पोखरेल, मदन चौधरि र विष्णु पोखरेललाई सम्मान गरेको थियो । 

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद छविलाल चुँडाल, संस्थाका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि सांसद चुँडाल, नेपाल निजामती कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, स्व. प्नदोस सहकारी संस्थाका अध्यक्ष माधव घिमिरे, विष्णु पोखरेल लगायतले मन्तव्य राखेका थिए । 

उपाध्यक्ष डिल्लीराम ढकालले उद्देश्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए । कार्यक्रममा सहकारी अभियन्ता खेम वाग्ले र निजामती कर्मचारी संगठनका महासचिव जीवन काफ्लेले सहभागीहरूलाई  प्रशिक्षण दिएका थिए । 

सम्बन्धित समाचार