२०८३ असार १ गते , सोमबार

ट्याक्सी त्रिशुलीमा खस्यो, एकै परिवारका पाँच जनाको मृत्यु

sajilo news
रासस
२०८० चैत्र १७ गते , शनिबार
ट्याक्सी त्रिशुलीमा खस्यो, एकै परिवारका पाँच जनाको मृत्यु

मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका रहेको खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् । सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको पनि डिएसपी भण्डारीले जानकारी दिए।

सम्बन्धित समाचार