२०८१ बैशाख १७ गते , सोमबार

नेपाल लोकतन्त्रवादी महासङ्घको प्रदेशस्तरीय अधिवेशन बिर्तामोडमा हुने

sajilo news
झापा
२०८० चैत्र १६ गते , शुक्रबार
नेपाल लोकतन्त्रवादी महासङ्घको प्रदेशस्तरीय अधिवेशन बिर्तामोडमा हुने

बिर्तामोड । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी/जनजाति महासङ्घको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ ।
महासङ्घका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनको अध्यक्षतामा नेपाली काँग्रेस झापाको कार्यालयमा शुक्रबार सम्पन्न कोशी प्रदेशस्तरीय बैठकले झापाको बिर्तामोडमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका १४ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।
प्रदेश अधिवेशन तयारीका लागि संयोजक लिङदेनको अध्यक्षतामा १०१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । गठित समितिका सदस्यहरूमा कोशी प्रदेशका सबै केन्द्रीय सदस्यहरू, चौध जिल्लाका अध्यक्षहरू, क्षेत्रीय अध्यक्षहरू एवं ५६ वटा प्रदेशसभा क्षेत्रका क्षेत्रीय अध्यक्षहरू सदस्य रहनेछन् ।
बैठकले झापा अध्यक्ष दिलकुमार नेम्बाङको अध्यक्षतामा आर्थिक समिति गठन गरेको छ । गठित समितिको सदस्यमा नरेन्द्र लावती, रमेश इवाहाङ, पूर्णध्वज आङदेम्बे, राजेश श्रेष्ठ, लवकुमार चौधरी रहेका छन् ।
आवास तथा भोजन व्यवस्थापनका लागि रामबहादुर मगरको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरूमा सञ्जीव प्रधान, विकास राई, दीर्घ मगर, जीवन तामाङ रहेका छन् ।
यसैगरी महासङ्घका झापा सचिव मोहन लिम्बूको नेतृत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ भने  प्रचार–प्रसार समितिको संयोजकमा सञ्जीव प्रधान चयन हुनुभएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू वडाराम हेमरम, टेकबहादुर लिम्बू, पासाङ शेर्पा, रणबहादुर तावा, रमेश इवाहाङ, चन्द्र खालिङ, मोहन राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
 

सम्बन्धित समाचार