२०८३ असार १ गते , सोमबार
कानेपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
मोरङको कानेपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-७ मा मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार इटहरी-८ की ४४ वर्षीया मञ्जु कटुवालको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको छ । मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवालको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक मोरङ पथरीशनिश्चरे-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।