२०८३ असार १ गते , सोमबार

लहरीमा पिकअप ठोक्किँदा चालकको मृत्यु 

sajilo news
झापा
२०८० चैत्र १५ गते , विहीबार
लहरीमा पिकअप ठोक्किँदा चालकको मृत्यु 

धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोक्किँदा ट्रक चालक मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक सिराहा गोल बजार घर भई धनकुटा नगरपालिका-९ बस्ने ३० वर्षीय नीरज ठकुरी रहेका छन्। ठकुरी लहरीमा ग्यास लोड गर्दागर्दै पिकअपले ठक्कर दिँदा लहरी माथिबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 सिधुवावाट सब्जी लोड गरेर धरान तर्फ जाँदै गरेको बा.प ०१–०२६ च ८९९२ नम्बरको पिकअप धनकुटा नगरपालिका-६ स्थित कोल्ड स्टोरमा रोकिराखेको बा .प ०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो। पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षति पुर्‍याएको छ। 

सम्बन्धित समाचार