२०८३ असार १ गते , सोमबार

गृहमन्त्री लामिछानेको निर्देशनपछि देशभर नै घुमुवा प्रहरी परिचालनमा रोक

sajilo news
झापा
२०८० चैत्र १५ गते , विहीबार
गृहमन्त्री लामिछानेको निर्देशनपछि देशभर नै घुमुवा प्रहरी परिचालनमा रोक

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालनमा रोक लगाएको छ।  सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उक्त निर्देशन दिइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन मातहतका युनिटलाई भनेको छ।

‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’, परिपत्रमा उल्लेख छ। 

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली तत्काल पठाउन पनि निर्देशन दिइएको केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले बताए।

 

 

सम्बन्धित समाचार