२०८३ असार १ गते , सोमबार

पोखरेलको नेतृत्वमा प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापा विस्तार

sajilo news
झापा
२०८० चैत्र १५ गते , विहीबार
पोखरेलको नेतृत्वमा प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापा विस्तार

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद् झापाको अध्यक्षमा अम्बिका पोख्रेल चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनको राप्रपा नेता तथा संसद् भक्ति सिटौलाको प्रमुख आतिथ्यमा भएको थियो । अधिवेशनले पोख्रेलको अध्यक्षतामा २१ सदस्य झापा जिल्ला समिति गठन गरेको हो ।

अधिवेशनबाट सह–अध्यक्ष देवी आचार्य, उपाध्यक्षमा देवराज परियार र नरेश कार्की सचिवमा सार्कीधन राई, कोषाध्यक्षमा हेम लिङदेन र प्रवक्तामा जनक खड्का चयन भएका छन् ।

त्यस्तै खेम कार्कीको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन भएको बताइएको छ । राप्रपा सम्बद्ध पूर्व प्रहरीहरूको भेलाले सङ्गठनलाई अझ विस्तार गर्दै अघि बढ्ने निर्णय भएको बताइएको छ । कार्यक्रममा राप्रपाका जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार