२०८३ असार १ गते , सोमबार

झापाका कोइला व्यवसायी सङ्गठित, अध्यक्षमा बस्नेत

sajilo news
झापा
२०८० चैत्र १४ गते , बुधबार
झापाका कोइला व्यवसायी सङ्गठित, अध्यक्षमा बस्नेत

झापा । झापाका कोइला व्यवसायी सङ्गठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी विनोद बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी सङ्गठित भएका हुन् ।  अध्यक्ष बस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने एकका लागि एक अभियानका सहसंयोजक हुन् । उनले  दर्जन बढी सामाजिक संघ संस्थामा सफल नेतृत्व सम्हालिसकेका छन् । 

यस अघि झापामा कोइला व्यवसायी सङ्गठित गर्न अर्जुन चुडालको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । तदर्थ समिति संयोजक चुडालको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न व्यवसायीको भेलाबाट  नेतृत्व चयन गरिएको हो । 

समितिको उपाध्यक्षमा सुनिल कुमार जोधानी ‘पिन्टु’ , सचिव मनोहर अग्रवाल, सह सचिव सुमन भट्टराई र कोषाध्यक्षमा रजनिस कर्नानी रहेका छन् ।  समितिको सदस्यमा चतुरभूज घिमिरे, प्रकाश चौधरी, राकेश विन्दल र विनोद कुमार अग्रवाल रहेका छन् । झापामा दुई दर्जन बढी कोइला व्यवसायी रहेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वेद प्रकाश अग्रवाल, व्यवसायी विवेक घिमिरे, राकेश विन्दल, वदन कुमार मित्तल, बाबुलाल अग्रवाल, राजीव श्रेष्ठ, विनोद अग्रवाल, जगन्नाथ शर्मा खनाल, मनोज गोयल लगायतको आतिथ्य रहेको थियो । 

सम्बन्धित समाचार