२०८३ बैशाख २४ गते , विहीबार

मेची नदी तैरिएर अवैध रुपमा भारत प्रवेश गर्ने बंगालादेशी र नेपाली नागरिक पक्राउ

sajilo news
पार्थ मण्डल
२०८० चैत्र १४ गते , बुधबार
मेची नदी तैरिएर अवैध रुपमा भारत प्रवेश गर्ने बंगालादेशी र नेपाली नागरिक पक्राउ

झापा । नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक बंगालादेशी र एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । काँकडभिट्टा नाकाबाट भारत प्रवेश गर्न लागेका बंगालादेशी नागरिक ३४ वर्षीय आलमगीर हुसेन र मेचीनगरका ३२ वर्षीय अनुप तामाङलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको हो ।

तामाङले बंगालादेशी नागरिक हुसेनलाई अवैध रुपमा भारत प्रवेश गराउन खोजेका थिए । सोही बेला भारतीय एसएसबी ४१ बटालियनको टोलीले उनीहरूलाई सीमा नाकाबाटै पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । हुसेनले आफू बंगालादेशी नागरिक रहेको र आफू नेपालबाट अवैध रुपमा भारत प्रवेश गर्न लागेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

पानीटंकी काँकडभिट्टा नाकामा भारतीय एसएसबीले परिचयपत्रको आधारमा नेपालीलाई भारत प्रवेश गर्न अनुमति दिएकोले बङ्गलादेशी नागरिक मेची नदी तैरिएर भारत जान खोजेका थिए । हुसेनलाई तामाङले सहयोग गरेको भन्दै पक्राउ परेका दुवै जनालाई एसएसबीले खोरीवारि प्रहरीलाई जिम्मा लगाइसकेको छ । खोरीवारि प्रहरीले आज सिलीगुरी जिल्ला अदालतमा पेस गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जनाइएको छ । 

सम्बन्धित समाचार