२०८३ बैशाख २४ गते , विहीबार

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८० चैत्र १४ गते , बुधबार
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा ।  झापाको बुद्धशान्तिमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका- १ का ३४ वर्षीय श्यामसुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार