पारसको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक

झापा बुद्धशान्तिका गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ । इजरायलमा रहेता पनि नेपाली साङ्गीतिक क्षेत्रको एक चर्चित नाम हो गायक पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्युजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । रिलिज भएसँगै उक्त म्युजिक भिडियो यति बेला चर्चामा रहेको पाइन्छ ।
म्युजिक भिडियोमा झापाली समाज इजरायलका सांस्कृतिक विभाग प्रमुख नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सांस्कृतिक विभाग प्रमुख लगायत विभिन्न संघ संस्थामा आबद्ध रही निरन्तर अघि बढी रहेका बुद्धशान्ति ४, धर्ममार्ग बस्ती निवासी उनै गायक पारस घिसिङ तामाङको आवाज रहेको छ भने शब्द सङ्गीत विश्व दोङ तामाङको रहेको छ तामाङ सेलो भाकामा रहेको गीतको छायाङ्कन स्वयम्भू लगायत राजधानीका विभिन्न ठाउँमा गरिएको थियो । उक्त म्युजिक भिडियोमा विश्व स्याङबो तामाङ/एलिसा घिसिङ तामाङ लगायतले अभिनय गरेका छन भने डाईरेक्सन–प्रशान्त तामाङको रहेको छ ।
उक्त म्युजिक भिडियो युट्युब च्यानल पारस घिसिङ तामाङ मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समयमा इजरायलका मञ्चहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएका लामा सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेर आफ्नो पेसा, जागिर, समाजसेवा, पारिवारिक कर्तव्य अनि व्यस्तताबिच पनि गायक पारस लामा इजरायलको नेपाली साङ्गीतिक क्षेत्रमा आफूलाई अब्बल साबित गरिरहेका छन् ।
विभिन्न सामाजिक संस्थाबाट सम्मानित समेत हुँदै आएका गायक तामाङको लेकाली डोल्मो पहिलो म्युजिक भिडियो भने होइन उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीत तथा म्युजिक भिडियोहरू सार्वजनिक गरी सकेका छन् । गायक तामाङका सार्वजनिक गीतहरूमा सोल्टिनी मेरी,तमोर नदी,आफ्नै देशको माया, कान्छी, आइ लभ यु, बेसी झरौला, लगायतका म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।