२०८३ असार १ गते , सोमबार

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

sajilo news
झापा
२०८० चैत्र १० गते , शनिबार
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।

शनिबार कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ। 

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार