भद्रपुरमा आप्रवासी नगर सञ्जाल गठन
भद्रपुर । भद्रपुर नगरपालिकाले आप्रवासी नगर सञ्जाल गठन गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत नगरपालिकाले वैदेशिक रोजगारीहरूबाट फर्किएका व्यक्तिहरूको लागि चन्द्रकुमार गिरीको अध्यक्षतामा नगर सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा कुमारी तामाङ, सचिवमा अन्दु घोष र कोषाध्यक्षमा आशा कार्की रहेका छन् ।
त्यस्तै सदस्यहरूमा बम बहादुर तामाङ, नवीन कोइराला, नरेन्द्र कार्की, मान बहादुर मगर, पुण्यप्रसाद पोखरेल र नरेश परियार रहेका छन् । साथै नगरपालिकाको सभा हलमा सम्पन्न दुई दिवसीय कार्यक्रममा सहभागी ३० जनालाई क्षमता विकासको तालिम पनि दिइएको थियो । नगर प्रमुख गणेश पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकी, रोजगार संयोजक टिकाराम पाण्डे, सामी हेल्भेटास कार्यक्रम अधिकृत रोहित विश्वकर्माले गरेका थिए । कार्यक्रममा झापा जिल्ला आप्रवासी सञ्जाल अध्यक्ष विष्णु खरेलको पनि उपस्थिति रहेको थियो ।