२०८१ मंसीर ३० गते , आईतबार

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

sajilo news
एजेन्सी
२०८० चैत्र ९ गते , शुक्रबार
दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौँ । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन् ।

मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेता समेत हुन् । यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो ।

भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा घोटाला प्रकरणको आरोप लगाइएको छ । आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको ईडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि विहीबार साँझ गिरफ्तार गरेको हो ।

यसअघि ईडीले वयान लिन बोलाउँदा मुख्यमन्त्री केजरीवालले अस्वीकार गर्दै आइरहेका थिए । विहीबार उनले आफूलाई गर्न लागिएको गिरफ्तारीविरुद्ध आदेशको माग गर्दै दिल्ली हाईकोर्टमा निवेदन दिएका थिए ।

तर, दिल्ली हाईकोर्टले ईडीका उच्च अधिकारीको समेत वयान सुनेपछि केजरीवालको मागलाई अस्वीकार गरेको थियो । हाइकोर्टले निर्णय सुनाउनेवित्तिकै ठूलो संख्यामा प्रहरीहरु मुख्यमन्त्रीको निवासमा पुगेका थिए । त्यहाँ दुईघण्टाको प्रयासपछि प्रहरीले केजरीवाललाई गिरफ्तार गर्न सफल भएको हो ।

 

सम्बन्धित समाचार