२०८३ बैशाख २४ गते , विहीबार

झापाको पृथ्वीनगरमा आफ्नै साथीले गरे युवकको हत्या

sajilo news
झापा
२०८० चैत्र ८ गते , विहीबार
झापाको पृथ्वीनगरमा आफ्नै साथीले गरे युवकको हत्या

झापा ।  झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो। 

सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोके)ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना आज बिहान ५ बजेको हो। 

कमान र सनम साथी हुन्। सनम गएराति कमानको घरमा गएर सुतेका थिए। सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार