२०८३ असार १ गते , सोमबार

ताप्लेजुङमा आगलागी, सात घर जले

sajilo news
रासस
२०८० चैत्र ७ गते , बुधबार
ताप्लेजुङमा आगलागी, सात घर जले

ताप्लेजुङ ।  ताप्लेजुङमा मङ्गलबार आगलागी हुँदा दुई वटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् ।  जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचार